सङ्खुवासभाः सङ्खुवासभा र भोजपुर जोड्ने निमार्णधिन अलपत्र अवस्थामा रहेको लम्सुवा पुल छिटो निमार्णको लागि षडानन्द नगर कार्यपालिकाले दबाब दिने भएको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले कार्यपालिकाका सम्पूर्ण पदाधिकारी नै पुगेर सडक डिभिजन, प्रदेश सरकार र सङ्घीय सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

स्थानीयहरूले भने लम्सुवा पुल निर्माण सम्बन्धी सरोकार समिति बनाएर पुल निमार्णको लागि दबाब स्वरूप भन्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । स्थानीयहरूले नगरपालिकाले कुनै पहल नगरेको आरोप लगाएका छन् । यता नगरकार्यपालिकाको २०७४ साउन साउन २ गते बसेको बैठकले नै पुल छिटो निमार्णको लागि पहल गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख मेरीका राईले बताइन् ।

“हामीलाई स्थानीयहरूले नगरपालिकाले पहल गरेन भनेर हामीलाई आरोप मात्रै लगाएका हुन्, हामीले पटक– पटक प्रदेश सरकार र सङ्घीय सरकार समक्ष यो विषमा चासो राखेको छौँ,” उनले भनिन् “सरकारका प्रतिनिधिहरूले पनि धेरै पटक सन्धि बैठकमा नै कुरा उठाएका छन्, सरकारको समेत ध्यानाकर्षण गरिराखेको छन् ”।

उनले थपिन, “सरोकार समितिले नगरपालिकामा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ, तर नगरले सक्दो पहल त गरिरहेकै छ” ।

राईले नगरले आफ्नो बजेट लगाएर गर्न सक्ने भए पहिले नै गरिसक्ने दाबी गरिन् ।

केही अघि देखि लम्सुवा घाटको पुल छिटो बनाउन स्थानीयले षडानन्द नगरपालिका कार्यालय घेराउ गरेका छन् । सो बिचमा सोमबार मेयरको कार्यकक्ष घेराउ गरे भने , मङ्गलवार उपमेयरको कार्यकक्ष घेराउ गर्ने कार्यक्रम तय भएको र बुधवार बुधवार नगरपालिका नै घेराउ गर्ने कार्यक्रम तय भएको सरोकार समितिले जनाएको छ ।

Mid page add from magh 25
निर्माणको जिम्मा लिएको ठेकेदार भागेपछि पुल अलपत्र बनेको छ । २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माण अहिले निर्माण कार्य ठप्प भएको छ । २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ७ वटा पिलर आधा मात्रै उठाइएको छ ।

सडक विभागको बेवास्ता र ठेकेदारको लापरबाहीले पुल निर्माण कार्य ठप्प भएको छ । लम्सुवा पुल निर्माण सरोकार समितिका संयोजक सुरेश भण्डारीले पुल नबन्दा करिब ७० हजार स्थानीयले सास्ती खेप्न बाध्य भएको बताए । नगरपालिका घेराउ गर्ने पुगेका स्थानीय चन्द्रबहादुर श्रेष्ठले भने शिलान्यास भएको ८ वर्षसम्म पनि पुल निर्माण २० प्रतिशत मात्र भएकाले आन्दोलन गर्नु परेको बताए ।

‘लम्सुवा घाटको पुल निर्माण सम्पन्न नभई अन्य ठाउँमा निर्माणका लागि पहल भए जस्तोसुकै आन्दोलन गर्न बाध्य हुन्छौँ,’ उनले भने, ‘हामी कहिलेसम्म जोखिम मोलेर काठको डुङ्गाबाट अरुण नदी वारपार गर्नु । पुल नहुँदा दैनिक उपभोग्य सामाग्री महँगो भयो, यो सास्ती हामीले भोगिरहेका छौँ ।’ जनप्रतिनिधिले समेत वास्ता नगरेको गुनासो उनले गरे ।

षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी राखेका छैनौँ, उनले भने, ‘यो पुल अहिले निर्माण भएको स्थानमा सम्पन्न हुनुपर्छ, त्यहीँ बन्छ विश्वस्त हुनुस् ।’

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको छ ।

लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अहिलेसम्म नबन्दा स्थानीय सास्ती भोग्न बाध्य भएका छन् । भोजपुर र सङ्खुवासभा आवतजावत गर्ने स्थानीय हिउँदको समयमा जोखिम मोलेर डुङ्गाको सहाराबाट अरुण वारपार गर्छन् । बर्सातको समयमा अढाई घण्टाको बाटो घुमेर सतिघाट झोलुङ्गे पुलबाट वारपार गर्नु परेको छ । सडक डिभिजनको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण पुल निर्माणले गति लिन सकेको छैन । आठ वर्ष अगाडि सम्झौता भएको पुलको अहिलेसम्म २६ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पुलको जमिनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको बहानापछि पुल अलपत्र परेको दिंलाका स्थानीयको भनाइ छ । १३ करोड ५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता गरिए पनि समय थप्ने क्रममा पिलरको डिजाइन परिर्वतन गरेसँगै यो पुलको लागत १६ करोड ६३ लाख पुर्‍याइएको छ ।