धनकुटाः कुनै बेला खाद्यान्न वालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष उत्पादन गर्ने पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ । केही दशक अघिसम्म खाद्यान्न वालीको खेती हुने गरेका यहाँका जमीन अहिले रुद्राक्षका बिरुवाले ढाकिएका छन । पूर्वको सङ्खुवासभा र भोजपुरमा हुने रुद्राक्ष खेतीप्रति धनकुटाका कृषकको समेत आकर्षण बढ्दो छ । धार्मिक तथा स्वास्थ्यका हिसाबले महत्वपूर्ण मानिएको रुद्राक्षका दानाको माग बढेसँगै धनकुटामा व्यवसायिक खेतीको लहर चलेको हो ।

dana 2
२०३२ सालमा भोजपुरको दिङ्लाबाट रुद्राक्षको बिरुवा ल्याएर गाउँमा खेतीको सुरुवात गरेका अगुवा किसान चन्द्र केसीले हाल चार सय रुद्राक्षका बिरुवा लगाएका छन । रुद्राक्षका दाना बिक्रीबाटै घरको सबै खर्च टर्ने गरेको उनले प्रदेश पोर्टललाई जानकारी दिए । खाद्य बाली भन्दा रुद्राक्ष खेतीबाट दोब्बर फाइदा हुने पनि उनले बताए । ‘अन्य बालीभन्दा काम गर्न पनि निकै सहज भएकाले रुद्राक्षतर्फ आकर्षित भइयो ।’ उनले भने ।
हाल गाउँका १ सय ४० घरपरिवारले रुद्राक्ष खेती गर्दै आइरहेका छन । यहाँका किसानले कम्तीमा पाँचदेखि चार सय बोटसम्म रुद्राक्ष लगाएका छन । रुद्राक्षबाट वार्षिक प्रतिपरिवारले एक लाखदेखि तीस लाख सम्मको कारोबार गर्ने गरेका छन ।

mid-page-add-from-magh-25 1

हाँ उत्पादित रुद्राक्ष तराईदेखि काठमाडौँ हुँदै भारत र चीनसहित अन्य मुलुक सम्म पुग्ने गरेको छ । खास गरी कम मात्रमा फल्ने रुद्राक्षको मूल्य पनि बढी हुने गरेको छ । चार पाँच र छ मुखे रुद्राक्ष किलोको आधारमा प्रति किलो १५० देखि पाँच सय रुपैयाँ सम्ममा बिक्री हुन्छ भने अन्य सो भन्दा बढी मुख भएका रुद्राक्ष मुख अनुसार प्रति गोटा दुई हजारदेखि पाँच लाख सम्ममा बिक्री हुने स्थानीय नेत्र अधिकारी बताउछन । तर यस्ता बढी मुख भएका दाना निकै दुर्लभ हुने र पाँच छ वर्षमा एउटा बोटमा एक पटक मात्र फल्ने कृषकहरू बताउँछन ।

लुम्लिङ सहित धनकुटाको सान्ने हात्तीखर्क आदि स्थानमा यसको खेती हुने गरेको पाइएको छ । रुद्राक्ष खेतीलाई अरू बालीको जस्तो स्याहार सुसार गर्नु नपर्ने, सिँचाइ नचाहिने तथा सुख्खा ठाउँमा पनि गर्न सकिने तथा व्यापारी घरघरमै किन्न आउने भएकाले रुद्राक्ष खेती नगदे बालीको रूपमा परिणत भएको हो । लुम्लिङका किसानले जस्तै अन्य क्षेत्रका बासिन्दाले अनुसरण गरे रुद्राक्ष खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्ने थियो ।
हिन्दू धर्मशास्त्र अनुसार रुद्राक्षको माला लगाए फलिफाप हुने विश्वास गरिन्छ ।