पथरी: मोरङको उर्लाबारी स्थित मङ्गलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजत जयन्तीको उद्घाटन गर्न आइतबार प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि रातारात बाटो कालोपत्रे गरिँदै छ ।

केही समय अघि राष्ट्रपति आउँदा पनि कालोपत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै प्राइमर लगाइएको २४ घण्टा नबित्दै कालोपत्रे गर्न थालिएको छ ।

विकास र समृद्धिको नारा बोकेको ओली सरकारले यसरी रातारात बाटो कालोपत्रे गर्दा विकास र समृद्धिको नाममा जनताको आँखामा छारो हाल्ने काम भएको स्थानीय बताउँछन् ।

पूर्व पश्चिम राजमार्गदेखि दक्षिण शनिश्चरे बजारसम्मको लगभग ३ सय मिटर लामो सो सडकमा उर्लाबारी नगरपालिकाको ११ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । त्यस्तै, प्रतिष्ठानको १८ लाख ३८ हजार गरी कुल २९ लाख ३८ हजारमा उपभोक्ता समितिमार्फत् सो बाटो निर्माण गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याल बताउँछन्