झापाः दुइ दिने भ्रमण तालिका बनाएर गृहजिल्लासहित पूर्व अाएका प्रधानमन्त्री केपीशर्मा अाेलीले भ्रमण छाेट्याएका छन् । झापाका सबै कार्यक्रम रद्ध गरेर उनि हावाहुरी प्रभावित जिल्ला जाने भएका हुन्।
प्रधानमन्त्रीकाे सचिवालयले दिएकाे जानकारी अनुसार प्रम ओली आफ्ना सबै कार्यक्रम रद्ध गरेर हेलिकप्टरमार्फत त्यता जान लागेको हुन्। ओली आज झापाका तीन कार्यक्रम सहभागी हुने तयारीमा थिए ।
प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।
हिजो बारा र पर्सामा आएको असिनापानी सहितको ठूलो हावाहुरीमा ३० जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ भने ४ सय बढि घाइते भएका छन्।
हावाहुरीका कारण बाराकाे पुरइनियाँमा सबै भन्दा बढि क्षती भएकाे छ ।