इटहरीः सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपालको दोस्रो इटहरी उपमहानगर अधिवेशन उद्घाटन गर्ने क्रममा उनले

प्रदेशको अधिकार खुम्च्याएर सङ्घ र स्थानीय तह दह्रो बनाउने काम भइरहेकाले यो गलत अभ्यास भएको बताए ।‘संविधान निर्माण गर्दा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्नेगरी सङ्घीय प्रणाली अगाडि बढ्न सकेन’, उनले भने, ‘शोषित र पीडित जनताको मुक्ति र स्वतन्त्रताको लागि सङ्घर्ष गर्न अझै बाँकी छ ।’

धर्म निरपेक्षता हटाउन खोज्नेले उपलब्धि समाप्त पार्न खोजिरहेको उनको तर्क छ । बहुदलपछिको नश्लवादी चिन्तन हाबी भएको हुनाले एउटै भाषा र एउटै भेषले नेपाललाई कब्जा गरेको उनले बताए । अब भने एकल जातीय चिन्तनबाट माथि उठेर समावेशी मुद्दालाई अगाडि बढाउनुपर्ने उनले बताए ।

आज उद्घाटन भएको कार्यक्रम ३ दिनसम्म चल्नेछ । पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन रक्तदान र तेस्रो दिन बन्दसत्र मार्फत् नयाँ नेतृत्व चयन गर्ने संसफो नेपाल इटहरी नगर समितिले जनाएको छ ।
उद्घाटन समारोहमा प्रदेश अध्यक्ष भुपेन्द्र नेम्वाङ, केन्द्रीय सचिव पर्शुराम बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

55905137_787482738311442_3994167831200530432_n