इटहरीः दलगत र गुटगत सहमति मिलेपछि प्रदेश १ का संसदीय समितिहरूमा सभापतिको लागी राजनीतिक सहमति जुटेको छ । दुई तिहाइको सत्तारुढ नेकपाबाट ६ जना र नेपाली काङ्ग्रेसबाट १ जना सभापति हुन सहमति जुटेको हो । सहमति जुटेसँगै अब समिति गठनको भएको १ वर्ष बितेपनि सभापति विहीन प्रदेशका संसदीय समितिले सभापति पाउने भएका हुन ।

नेपाली काँग्रेसलाई १ वटा सभापति दिइएकोमा नेकपाका ६ सभापतिहरूमा भने पूर्व एमाले देखी पूर्व माओवादी सम्मको गुटगत भागबन्डा गरिएको छ । पूर्व एमालेबाट तीन जना, पूर्व माओवादीबाट दुई जना सभापति भएका छन् । पूर्व एमालेका पनि ओली पक्षधर र माधव नेपाल पक्षधर तथा पूर्व माओवादीका पनि प्रचण्ड र बादल पक्षधर मिलाएर सत्तारुढ दलमा भागबन्डा मिलेको छ ।

यस्तो ७ सात संसदीय समितिको दलगत र गुटगत भागबन्डाः

सार्वजनिक लेखा समितिः शिवनारायण गनगाइ ( पौडेल पक्षधर नेपाली काँग्रेस सांसद)

न्याय, प्रशासन तथा विधायन समितिः इन्द्रमणि पराजुली ( ओली पक्षधर नेकपा सांसद)

सुशासन तथा योजना समितिः अर्जुन राई (ओली पक्षधर नेकपा सांसद)

सामाजिक विकास समितिः सरिता थापा (माधव नेपाल पक्षधर नेकपा सांसद)

प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिः सर्वध्वज सावाँ (ओली पक्षधर नेकपा सांसद)

उद्योग, पर्यटन तथा वातावरण समितिः सीता थेवे (प्रचण्ड पक्षधर नेकपा सांसद)

अर्थ समिति मोहन खड्काः (बादल पक्षधर नेकपा सांसद)


यसरी सहमति जुटेको संसदीय सभापतिहरूको औपचारिक चुनाव र चयन भने भोलि हुनेछ । गत चैत्र १५ गते चैत्र २२ गतेको लागी संसदीय समितिका सभापतिहरूको चुनाव तोकिएको थियो । जसको लागी प्रदेश सभा सचिवालयका सचिव अम्बिका चौलागाइलाइ निर्वाचन अधिकृत तोकिएका छन् ।