इटहरीः२०७५ सकिएर २०७६ लाग्नु नयाँ बर्षको सुरुवात मात्रै हैन । घुम्ने वाहानाको साइत पनि हो । धेरैले नेपाली नयाँ बर्षमा घुमघाम गर्छन । घुमघाम गर्नलाइ प्रदेश १ का १४ जिल्लामा प्रसस्तै विकल्पहरु छन । यि हुन प्रदेश १ का १४ जिल्लाका दशैमा घुम्न लायक १४ गन्तव्यहरुः
१. ताप्लेजुङः तिम्बुङ पोखरी
४४८० मिटर उचाहिमा रहेको तिम्बुङ पोखरी करिब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइको छ । यो पोखरी धार्मिक र प्राकृतिक दुवैमा महत्वपूर्ण मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङ्बा गाँउपालीकामा पर्ने यो पोखरी यी दुई पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो ।
यो पोखरीबाट सिक्किम नजिकै छ । असार देखी श्रावण सम्म यात्राको राम्रो सिजन मानिने यो पोखरी सहासिक यात्रको लागी कात्र्तिकमा पनि हिड्न सकिन्छ । यात्रा गर्दा राम्रो बसोबासको प्रबन्ध नभएकाले लेकका चौँरी गोठमा वा टेन्टमा बस्दै जानुपर्ने हुन्छ यो पोखरी । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ । आकर्षक पोखरी, पोखरी माथि नाचिरहने बादल, यात्रामा भेटिने लोभलाग्दा जंगली फूलहरु र मनोरम दृष्य तिम्बुङ पोखरीका मौलिकता हुन ।
२. पाँचथरः साधुटार
प्रदेश १ को फेवा तालको रुपमा व्याख्या गरिने पाँचथरको साधुटार पाँचथर सदरमुका फिदिम बाट १६ किलोमिटर टाढा पर्छ । यो कृतिम तालमा कंचनजंगा र कुम्भकर्ण हिमालको प्रस्ट प्रतिबिम्ब देख्ने दुर्लभ अवसर मिल्छ । मेचि राजमार्ग सँगै रहेको पौवा भन्ज्याङ क्षेत्रमा रहेको यो ताल स्वदेशी र विदेशी दुवैको रोजाइमा पर्दै गएको छ । राम्रो प्रचार र स्तरिय होटलहरु बनाएको अवस्थामा सिमावर्ति सिक्किम र पश्चिम बंगाल जस्ता भारतिय राज्यका पर्यटकहरु तान्न सकिने पर्यटनकर्मिहरुको तर्क छ ।
३. इलामः माइपोखरी
इलाम बजारबाट १५ किलोमिटर उत्तरी क्षेत्रमा अवस्थित माइपोखरी इलामको अर्को महत्त्वपूर्ण पर्यटन स्पट हो । समुन्द्र सतहबाट २१३० मिटरको उचाहिमा रहेको यो पोखरी वनस्पति, चराचुरुङ्गी, जलचर र थलचर मात्रै हैन आकर्षक प्राकृतिक बनावटको कारणले पनि चर्चित छ ।
करिब १८८ हेक्टर क्षेत्रफलमा फैलिएको यो पोखरीमा नेपाल तथा भारतका पर्यटकहरू घुम्न, पिनकिन खाँन र अध्ययन अवलोकन गर्न आँउने स्थानीयहरू बताँउछन । नौ कुना रहेको यो पोखरी धार्मिक आस्थासँग पनि जोडिएको छ । २ हेक्टर सिमसार रहेको यो पोखरीका नौ कुनाहरूमा नवदुर्गाको बास रहेको स्थानीयहरूको परापुर्वक कालदेखीको विश्वास रहिआएको छ ।
४. झापाः जामुनखाडि सिमसार
झापाको कन्काइ नगरपालीकाको वडा नम्बर १ र २ मा फैलिएको जामुनखाडि राम्रो गन्तव्य हो । झापाको सुरुङ्गा बजारबाट २ किलोमिटर र महेन्द्र राजमार्गबाट १ किलोमिटर उत्तरमा रहेको जामुनखाडिमा झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्लाहरुका घुमन्तेहरु आँउछन ।
२६.५४ हेक्टरमा फैलिएको सिमसारमा शान्त, एकान्त र मनोरम वातावरण मन पराउनेहरु आँउछन । दर्लभ वन्यजन्तुको आरक्षण, झोलुङे पुल, हरिण पार्क, बाल उद्यान, बोटिङ गरिने आर्षक पोखरीहरु रहेको जामुनखाडिमा २० जनाले रोजगार समेत पाएका छन ।
२०६५ साल माघ १६ गते बाट संचालनमा आएको यो सिमसार जामुनावारि सामुदायिक वन उपभोक्ता समूहले संचालनमा ल्याएको हो । यो सिमसारकै कारण झापालाइ पर्यटकिय र घुमघामको गन्तव्य बनाउनेहरु बढेका छन ।
५. मोरङः बेतना सिमसार
उत्तरी मोरङको बेतना सिमसार क्षेत्र पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ । १७५ हेक्टर क्षेत्रफलमा फैलिएर पुर्व–पश्चिम राजमार्गमै टाँसिएर बसेको बेतना सिमसारमा पिकनिक खान,घोडा चढ्न, घुम्न, बोटिङ गर्न, जंगल सफारी गर्न आगन्तुकहरु आँउछन ।
सिमसारमा रहेको ठुलो आकारको कमिलोसँग सेल्फी लिन धेरै आउछन । घुम्ने र रम्ने बाहेक विभिन्न चलचित्र, म्युजिक भिडियो, कभर संग आदिको सुटिङ गर्न पनि प्रसस्तै मान्छेहरु आँउने बताँउछन ।
मोरङको बेलबारी नगरपालीका वडा नम्बर ४ मा पर्ने बेतना सिमसार नगरपालीका क्षेत्रकै मुख्य पर्यटकिय विन्दू भएको बेलबारी नगरपालीकाकि उपमेयर तथा चर्चित कवि तारा पराजुली बताँउछिन ।
६. सुनसरीः रास ताल
इटहरी र आसपासका घुमन्तेहरुको लागी सुनसरीको बक्लौरीमा रहेको रास ताल राम्रो गन्तव्य हो । कमैमात्र चर्चामा आएपनि धेरै सुन्दर यो क्षेत्रमा पिननिक खानेको भिड राम्रै हुन्छ । इमानसिङ्ग चेमजोङ्ग स्मति प्रतिष्ठानले संरक्षण गर्दै आएको यो क्षेत्रलाइ राष्ट्रिय सम्मानित ताल भनिन्छ । र, त्यहि ‘राष्ट्रिय सम्मानित’ तालको छोटकरि रुपलाइ नै रास ताल भनिएको स्थानियहरु बताँउछन ।
करिव ४४ बिगाहा जमिनमा फैलिएको रा.स. ताल क्षेत्रमा पानीको भाग मात्रै १५ बिगाहा रहेको छ । सुनसरी सामुदायिक वन क्षेत्रमा पर्ने रा.स. ताल बक्लौरी आठको ६४ बिगाहा भन्ने क्षेत्रमा पर्छ । धरान हुँदै आउनेलाइ तरहराबाट र इटहरी हुँदै आउनेलाइ कान्छिचौक बाट भित्र आधा घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ रा.स. ताल ।
७. धनकुटाः ध्वजे डाँडा
ध्वजेडाँडा साँगुरीगढी गाउँपालिकाको वडा नं. ६ मा अवस्थित छ । यस डाडाको उचाई ७००० फिट छ जहाँबाट सौर्यदय अवलोकन गर्न सकिन्छ । डाँडाबजारको दृश्य साथै तमोर नदिको नागवेली आकार र एशियाको ठूलो वरको रुखपनि यसै स्थानबाट देख्न सकिन्छ । यहाँबाट तराईको फाँटहरुको दृश्य पनि अवलोकन गर्न सकिन्छ । इलामको अन्तुडाँडा पछि राम्रो किसिमले सौर्यदय अवलोकन गर्न यो ठाउँ ज्यादै उपयुक्त मानिन्छ ।
यहाँ बाट कुम्भकर्ण , मकालु, कञ्चनजङ्गा र सगरमाथा हिमाल साथै पूर्वाञ्चलको १६ वटै जिल्लाहरु देख्न सकिन्छ । यहाँ पुग्न डाँडाबजारको बजार क्षेत्रबाट सिढी उक्लन्दै एक घण्टामा चुचुरोमा पुग्न सकिन्छ । यहाँ आउने पर्यटकहरुको खान बस्नु सुविधाको लागि केहि होटल तथा होमस्टे पनि उपलब्ध छ । यहाँ पुग्न गाडीको सुविधाको साथै भेडेटारबाट ३ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ ।
८. तेह्रथुमः ह्यात्रुङ झरना
तेह्रथुमको फेदाप गाँउपालीकास्थित सम्धु र इसिबु क्षेत्रको सिमामा रहेको यो झरना एसियाकै अग्लो झरनाको रुपमा चिनिन्छ । यहि झरनानै तेह्रथुमको देशभर लोकप्रिय भएको गन्तव्य हो । ३६५ मिटर अग्लो यो झरना पुग्ने सामान्य फुट ट्रयाक बाहेक अन्य पुर्वाधारहरु बन्न सकेका छैनन । तर, पदयात्राको लागी यो झरना सुन्दर गन्तव्य हो । झरनामा पिकनिक र क्यान्योनिङ जस्ता सुविधाहर अझै बनेका छैनन । समुन्द्र सतहबाट १५ सय मिटरको उचाहिको यो झरना मध्यपहाडी राजमार्गबाट ८ किलोमिटर र पाँचथर जिल्ला सिमाना नजिकै पर्छ ।
९. संखुवासभाः सभापोखरी
प्राकृतिक तथा धार्मिक दुवै कोणमा महत्वपूर्ण सभापोखरी सभा र पोखरी मिलेर बनेको छ । प्रचिन कालमा ८८ हजार ऋषीमुनिहरु राखेर वेदव्यासले धार्मिक सभा बसाएकाले यसको नाम सभा पोखरी हुन गएको धार्मिक विश्वास छ । समुन्द्र सतहबाट ४२४० मिटरको उचाहिमा रहेको यो पोखरी लुम्बा सुम्बा हिमालको फेदमा रहेको छ । संखुवासभाको गुफापोखरी हुँदै तीन दिनको पैदल यात्रामा पुग्न सकिने यो गन्तव्यको अत्याधिक प्रचार भएर पनि पाखरी नजिक सम्म सहज सडक बाटो नभएकोले धेरै तिर्थयात्रुहरु तथा टे«किङ पारखिहरु यहाँ पुग्न पाँउदैनन ।
१०. भोजपुरः ट्याम्के डाँडा
भोजपुरको ट्रयाम्के डाँडाले भोजपुर र खोटाङ जिल्लाको सिमाना जोड्छ । खुल्ला आकास भएको दिन यहाँबाट दार्जिलिङ र काठमाण्डौ पनि देखिने बताइन्छ । समुन्द्र सहतबाट ३६२० मिटर उचाहिमा रहेको यो क्षेत्र पुग्न भोजपुर सदरमुकामबाट ३ घण्टाको दुइ पांग्रे यात्रामा पुग्न सकिन्छ । हालसालै विकास भएको मुन्धुम टे«किङ रुटको एक अभिन्न भागको रुपमा यो डाँडा रहेको छ ।
११. सोलुखुम्बुः पत्ताले डाँडा
सगरमाथा राष्ट्रिय निकुन्ज, गोक्यो ताल सगरमाथा र अन्य हिमालहरु मात्रै हैनन, सोलुखुम्बुमा अन्य सुन्दर गन्तव्य पनि छन । त्यसमा एक विकल्प हो पत्ताले डाँडा । सडक र हवाइ दुवै यात्रामा सहजै पुग्न सकिने सोलुखुम्बुको गन्तव्य हो पत्ताले डाँडा । मकालु, कंचनजंगा, सगरमाथा, नुम्बुर, कार्यालुङ, पुमोरि, ल्होत्से, थामसेर्पु जस्ता उच्च हिमाली चुचुराहरु हेर्न सुन्दर अनि सुगम हिल स्टेसन हो पत्ताले डाँडा । ओखलढुंगा र सोलुखुम्बुको सिमानामा रहेको यो डाँडा समुन्द्र सतहबाट ३ हजार हाराहारीको उचाहिमा छ । काठमाण्डौबाट जाँदा हर्कपुर, ओखलढुंगा हुँदै सडकबाट जान सकिने यो डाँडा फाप्लु विमानस्थलबाट ओर्लेर एक घन्टाको सडक यात्रामा आउन सकिन्छ ।
१२. ओखलढुंगाः पोकलि झरना
ओखलढुंगाको लिखु गाँउपालीकामा रहेको पोकलि झरना १३० मिटर अग्लो रहेको छ । पैदल यात्रा गर्दा ओखलढुंगा बजार बाट यो झरना पुग्न १२ घन्टा लाग्छ । सप्तकोशीको सबैभन्दा सानो सहायक नदि लिखुको सिरमा रहेको पोकलि झरना मन्थली र सिर्सिरे हुँदै विपी राजमार्ग भएर सहजै पुग्न सकिन्छ । राजधानी काठमाण्डौको लागी पनि नजिक र प्रदेश २ का तराई क्षेत्रको सप्तरी, सिराहा र सर्लाहिको लागी पनि गन्तव्य बन्न सक्छ । तर, यो झरना पुग्ने सहज बाटो र प्रचार राम्रो नहुनाले यसले दैनिक सयौँ पर्यटकहरु गुमाइरहेको छ ।
१३. खोटाङः रुवालुङ झरना
हलेसी महादेव भएको खोटाङको रुवालुङ झरना नयाँ गन्तव्य बन्दैछ । यो झरना मध्यपहाडी लोकमार्ग नजिकै भएकाले आगन्तुकहरुको भिड बढ्न थालेको छ । लोकमार्गमा रहेको दुधकुन्ड भन्दा यो झरना एक किलोमिटर मात्रै पर रहेको छ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका–६ को नेर्पा भन्ने स्थानामा छ यो झरना । यो झरना बाहेक खोटाङको धिप्लुङ झरना पनि अर्को राम्रो प्राकृतिक गन्तव्य हो । दिप्रुङ गाँउपालीकामा रहेको यो झरना घुमघामलाइ आकर्षक गन्तव्य हो ।
१४. उदयपुरः रौतामाइ पोखरी
उदयपुर जस्तो प्रदेश १ को सुगम जिल्लामा रहेर पनि रौतामाइ पोखरीमा पर्यटकिय प्रचार र पुर्वाधार अभावमा कम मात्रै पर्यटकहरु पुग्छन । यो तालको विलक्षण कुरा भनेको यहाँ झरेका पातहरु चराले चुच्चोले च्यापेर आफै फाल्छन । समुन्द्र सतहबाट १७९९ मिटरको उचाहिमा रहेको यो पोखरी गाइघाट बजारबाट ४० किलोमिटको सडक दुरि पार गर्नुपर्छ । गाइघाटबाट उत्तरपश्मि भागमा रहेको यो पोखरी क्षेत्रमा हालसम्म पर्याप्त होटल तथा होमस्टेहरु छैनन । त्यसैले यहाँ टेन्टमा बास बस्ने गरि मात्रै रात बिताउन सकिन्छ ।