इटहरीः गत चैत २२ गतेदेखि ७ दिनसम्म गुराँसको राजधानी सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के र जलजलेको चौकीमा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम तय भएको थियो ।
स्थानीय सरकार मादी नगरपालिकाले पनि कार्यक्रमका लागि स्वीकृति दिएको थियो । मेयर विदुर लिङ्थेप र वडा नम्बर ९ का अध्यक्ष पासाङ शेर्पा लगायतका जनप्रतिनिधि टुटे देउरालीमा २२ गते आउँदै गरेका तीन सय बढी पर्यटकलाई स्वागत गर्न बसेका थिए । तर, प्रशासनले टुटे नआइपुग्दै बाटैबाट पर्यटक फर्काइदियो ।
२२ गते पर्यटक फर्काएको प्रशासनले २३ गते साङ्गीतिक कार्यक्रमको आयोजक संस्था शक्ति पिक फेस्टिबलका अध्यक्ष सुवास केसीलाई पक्राउ ग¥योे । प्रशासनले निषेध गरेपछि अलपत्र पर्यटकलाई व्यवस्थापन गर्न खटिरहेको बेला हिलेबाट पक्राउ परे केसी । पक्राउ परेपछि केसीले दिनरात गरेर आफूलाइ २४ गते बिहान खाँदवारी पु¥याएको जानकारी दिए । खाँदबारीमा पुग्नु अघि चैनपुर क्षेत्रदेखि हतकडी लगाएरै लगिएको उनले बताए ।
गत चैत २९ गते साधारण तारेकमा छुटेका केसीलाई पक्राउ गर्नुको कारण लागू औषध अनुसन्धान भएको सङ्खुवासभाका सिडिओ गणेशबहादुर अधिकारीले बताएका थिए । केसीले भने लागूऔषध नभएर आफूलाई प्रहरीमाथि हातपात गरको मुद्दामा ६ दिन थुनामा राखिएको बताए । थुनामा राख्दा लुगा र खानेकुरा लिएर आएका आफन्तलाई समेत भेट्न नदिएको केसीले बताए ।
आफूले ३ सय ५० जना विदेशीसहितको सांस्कृतिक कार्यक्रम गर्दा प्रशासनले मनगढन्ते रूपमा दुःख दिएको केसीले गुनासो छ । ‘यौनजन्य काम हुन्छ, गाँजा खान्छन् भनेर कार्यक्रम गर्न दिइएन । तर गाँजा छ छैन भन्ने बारे खोजी गर्न अनुसन्धान गरिएन’, केसीले भने, ‘स्थानीय सरकार र होमस्टे सञ्ंचालक १ सय ५० घरले कार्यक्रम गर्न दिनु भन्दा पनि प्रशासनले दिएन ।’ आफूलाई पक्राउ गरेर जबरजस्ती मोबाइलमा कार्यक्रम बन्द भएको लेख्न दबाब दिएको पनि केसीले बताए । शनिबार काठमाडौमा पुगेका केसीले मोबाइल कुराकानीमा भने, ‘प्रहरीले एउटा पर्यटकीय कार्यक्रम गर्नेलाई अपराधीजस्तो व्यवहार ग¥योे ।’
अदालतले कार्यक्रम गर्न आदेश दियो, तर पर्यटक फर्किएः केसी
सङ्खुवासभा प्रशासनले अनावश्यक दुःख दिएको बारेमा अदालतमा गुहार मागेपछि आफ्नो पक्षमा फैसला आएको उनले बताए । तर उक्त फैसला आफ्नो पक्षमा भएर पनि आफूले केही गर्न नसकेको उनले गुनासो गरे । कारण विदेशी पर्यटकले अदालतको फैसला आउन्जेल कुर्न सकेनन् ।
आफूसँगै धनकुुटा बस्ने मानप्रकाश खड्काले उच्च अदालतको इजलास धनकुटामा रिट हाल्दा न्याय पाए पनि कार्यक्रम गर्न भने नपाएको केसीले बताए । आफू बैशाख २५ गतेको तारेखमा छुटेको दिन चैत २९ गते नै धनकुटाको उच्च अदालतको इजलासले कार्यक्रम गर्ने बारेमा फैसला गरे पनि कार्यक्रम गर्न नसकिएको केसीले बताए । उनले भने, ‘विदेशीहरु भनेका जहिले पनि खाली हुँदैनन्, एक एक दिनको महत्व हुन्छ । कार्यक्रम ढिलो हुनेबित्तिकै उनीहरू अन्य काममा लाग्छन् ।’
आफूले नेतृत्व गरेको कार्यक्रमलाई प्रशासनले भाँडेपछि ७८ लाख आर्थिक र धेरै मानसिक र पारिवारिक क्षति भएको केसीले बताए । उनले भने, ‘३ सय बढी विदेशी पनि अब कहिल्यै नेपाल नफर्किने भन्दै दुःखी भएर स्वदेश फर्किए ।’