विराटनगरः बुधबार बसेको सत्तापक्षीय नेकपाको संसदीय दलको बैठकमा २२ गते भित्र प्रदेशको नाम र राजधानी प्रदेश सभाबाट टुङ््ग्याउने सहमति जुटेको छ । सांसदहरूको छलफलमा १५ गते बृहत विराट क्षेत्र विधेयकलाई पारित गर्ने र त्यसपछि प्रदेशको नाम र राजधानीको विषय सदनमा प्रवेश गर्ने भनी छलफल भएको बैठकमा सहभागी एक सांसदले बताएका छन् ।
बैठकमा केही सांसदले प्रदेशको नाम र राजधानीको बारेमा ह्वीप लगाउन नहुने बताएका थिए । ह्वीप लगाएर अप्ठेरोमा पार्ने काम गर्न नहुने उनीहरूले बताए । ह्वीप लगाउन नहुने भन्दै जबरजस्ती ह्वीप लगाए आफूहरूलाई अमान्य हुने अडानमा सांसदहरू रहेको बुझिएको छ ।