मोरङ: मदन भण्डारीले सक्रिय राजनीतिक जीवन बिताएको मोरङ रतुवामाई नगरपालिका स्थित इटहराको घरलाई संग्राहलयको रूपमा विकास गरिने भएको छ । करिब ४ विगाहा जमिनसहित रहेको घरलाई मदन भण्डारी प्रतिष्ठानले खरिद गरेर ऐतिहासिक सङ्ग्रहालयको रूपमा विकास गर्न लागेको हो ।
जनताको बहुुदलिय जनवादका जन्मदाता भण्डारी २००९ सालमा ताप्लेजुङको ढुुँगेसाँघुमा जन्मिए पनि २०२८ साल देखि मोरङलाई कार्यथलो बनाइ नेपाली कम्युनिस्ट आन्दोलनमा होमिएका थिए । तत्कालीन राज्य व्यवस्था विरुद्ध गतिविधि गर्ने भण्डारीले प्रयोग गर्ने घरलाई जीर्णोद्धार गरेर दुरुस्तै बनाइएको छ । उनले अध्ययन गर्ने कोठा, प्रहरीले घेरा हाले भाग्ने सुरक्षित स्थान समेत बनाइएको छ । त्यस्तै माथिल्लो तलामै शौच गर्ने व्यवस्था पनि मिलाएको छ । फराकिलो काठको घर निकै आकर्षक एवंम व्यवस्थित देखिन्छ ।
वहाँको बाल्यअवस्थाका साथी एवंम यस घरको संरक्षण समितिका अध्यक्ष शिवराज पौडेलले पार्टीले संग्राहलयको रूपमा विकास गर्ने योजना बनाए पछि पछिल्लो समय यसलाई संरक्षण गर्दै जाने योजना बनेको जानकारी दिए ।

मदन भण्डारी, तस्बिर मिलन बिछेाड Madan Bhandari house-Itahra-Morang_pradeshportal-MIlan Bichhod (12)

नेपाली राजनीतिका प्रभावशाली व्यक्ति, राजनीतिक चिन्तन र भिजन भएका नेताको परिचय पाउनुभएका भण्डारीको अर्का कुशल संगठक जीवराज आश्रितसहित आजकै दिन २६वर्ष पहिले दासढुुगाबाट निशुली नदीमा खसेर ज्यान गएको थियो । रहस्यमै रहेको उक्त घटनाप्रति प्रशस्तै प्रश्नहरू रहेता पनि वहाँले राजनीति जीवन बिताएको कुरालाई संरक्षण गर्दै जाने उदेश्यअनुरुप सिङ्गो पार्टी र गाउँलेले सुरक्षामा जुटेको स्थानीय इन्द्र प्रसाद काफ्लेले जानकारी दिए । उनले मदनका विचारसँगै महत्त्वपूर्ण राजनीतिक थलोलाई समे संरक्षण गर्नुपर्ने आवश्यता रहेको बताए ।

मदन भण्डारी, तस्बिर मिलन बिछेाड Madan Bhandari house-Itahra-Morang_pradeshportal-MIlan Bichhod (11)

पञ्चायती व्यवस्था विरुद्ध कम्युनिस्ट आन्दोलन गाउँ गाउँ सम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन राजासँग समेत टक्कर लिँदै नेपाली राजनीतिमा प्रभावशाली व्यक्तित्वको परिचय पाएका भण्डारी अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चामा आएका थिए ।
वैचारिक, दूरदर्शी र आदर्श राजनीतिको प्रतिमूर्तिको रहनुभएका मदनबाट अहिलेको राजनैतिक वृत्तले धेरै कुरा सिक्नुपर्ने स्थानीय तिलक बहादुर चापागाईँले बताए । ‘वहाँको दूरदर्शिता आज पनि उतिकै प्रयोगमा आएको छ, त्यसैले वहाँका राजनीतिक दशनलाई कदापि भुल्नुहुँदैन ।’

vlcsnap-2019-05-17-20h11m56s007 1

मदन ग्रामको रूपमा विकास गर्दै घरलाई संरक्षण गरेपछि बिस्तारै घर छेउको जमिनलाई पनि उपयोगमा ल्याएन बताइएको छ । भण्डारी परिवारको सम्पत्ति भए पनि यसलाई खरिद गरेर संरक्षणको दायित्व पनि मदन भण्डारी प्रतिष्ठानले नै लिएको छ । घर, जमिनको सुरक्षा र सरसफाइको जिम्मा घनश्याम भण्डारको परिवारले लिएको छ । यो परिवारले २०६३ साल देखि यो घरको रेखदेख गर्दै आएका छन् । ।

यसलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने भए पछि अहिले मदन भण्डारीले कसे ठाउँमा रहेर भूमिगत जीवन बिताएका रहेछन्, उनले प्रयोग गर्ने भान्सा, पुस्तकालय, बैठक कक्ष कस्तो रहेछ भनेर जान्ने उत्सुक व्यक्तिहरू यो घरमा आउने क्रम बाक्लो भएको घरको संरक्षक धनश्याम भण्डारीले जानकारी दिए ।