इटहरीः इटहरी उपमहानगरपालिकाका २ जना कर्मचारीलाई हातपात गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन् । इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा विज्ञप्ती जारी गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।

‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्दै कर्मचारीले साँझ साढे ५ बजेपछि नाराजुलुस गरेका थिए । घुस लिएको भन्दै मेयर द्वारिकलाल चौधरीले आज सबओभरसियर राम खड्कालाई कार्यलय बाहिरसम्मै आएर जबरजस्ती निकालेका थिए । नासु मनोज दाहाललाई कार्यकक्षमै पुगेर उनले हातपात गरेका थिए । 60621379_2048794315231551_1006607795786612736_o 1

मेयरका यस्ता गतिविधि अवाञ्छित, अलोकतान्त्रिक र आपराधिक हर्कत भएको भन्दै कर्मचारीले प्रेस विज्ञप्ती निकालेर आन्दोलित भएका छन् । ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्ने नारा लगाउँदै कर्मचारीले नगर परिसरबाट जुलुस निकाल्दै सडकसम्म आएर चर्को नाराबाजी गरेका थिए ।

इटहरी उपमहानगरपालिकाका कर्मचारी परिवारको नाममा कर्मचारीहरुले आजबाटै उपमहानगरका सबै २० वटै वडा समिति र नगरपालिकाको कार्यालयमा तालबन्दी गर्ने र भोलिबाट उपमहानगरको प्राङ्गणमा भेला हुने कार्यक्रम सार्वजनिक गरेका छन् ।

केही दिन अगाडि नेकपाको जिल्ला कमिटीको शपथग्रहणमा नेकपा नेता रामप्रसाद चौलागाईंलाई हातपात गरेको भन्दै हिँडेका मेयर चौधरीले आज कर्मचारीलाई पनि हातपात गरेका हुन् । उनले प्रदेशपोर्टलकर्मीसँग कुरा गर्दै कर्मचारी राम खड्कालाई अश्लील गाली गर्दै निकालेको स्वीकारेका छन् । स्थायी भएको भए निकाल्न नमिल्ने तर करार कर्मचारी भएकाले आफूले निकालेको चौधरीले बताएका थिए ।

यता, मनोज दाहालमाथि भएको हातपातको विषयमा भने मेयर चौधरीले प्रतिक्रिया दिएका छैनन् ।

60871982_299329294303668_1560418690162229248_n copy