इटहरी: इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चाैधरीले पत्रकारलाइ अभ्रद व्यवहार गरेका छन् । अाज मेयर चाैधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्णबहाब भट्टराइ र विकल रेग्मीलाइ नगरपालिका परिसरमै गाली गलाैज गर्दै हप्काएका छन् । रेग्मीलाइ कठालाे समातेका छन् भने भट्टराइलाइ सार्वजनिक स्थलमा अभद्रशैलीमा हप्काएका छन् ।
कर्मचारी कुटपिटकाे विषयमा प्रतिक्रिया लिन पुगेकाे दुबै पत्रकारमाथि मेयरले गरेकाे व्यवहारकाे विराेध गर्दै पत्रकार महासङ्घ सुनसरीले विज्ञप्ति जारी गर्दै भत्सना गरेकाे छ । मेयर चाैधरीले गरेकाे व्यवहार निन्दनीय रहेकाे भन्दै अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ती निकाल्दै प्रेस स्वतन्त्रताकाे सम्मान गर्न अाग्रह समेत गरेकेा छ