१. सातौं राष्ट्रिय गणित सम्मेलन कहा सम्पन्न भयो ?

⇨ बुटवल, रुपन्देही [२०७५ पुस २८–माघ १]

 

२. विश्व आर्थिक मञ्च [World Economic Forum] को 49 औं वार्षिक बैठक कहिले सम्पन्न भयो ?

⇨ सन् २०१९ जनवरी २२–२५ - डाभोस, स्वीजरल्याण्डमा

 

३. काठमाडौको चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास कहिले गरियो?

⇨ २०७५ माघ ३ गते

 

४. प्रदेश नं १ कै पहिलो पर्यटकीय नगरीका रुपमा कुन नगरलाई घोषणा गरिएको छ ?

⇨ सूर्योदय नगरपालिका, इलाम [२०७५ माघ ६]

 

५. आईसीसीले सन् २०१९ जुलाईबाट लागु हुनेगरी कसलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा चुनेको छ?

⇨ सिङ्गापुरका मनु स्वानी [२०१९ जनवरी १५]

danphe advt

 

६. तेस्रो खप्तड गोल्डकप फुटबल २०७५ को उपाधि कसले जित्यो ?

⇨ नेपाल पुलिस क्लबले थ्री स्टारलाई १–० ले पराजित गर्दै, २१ लाख विजेता ।

 

७. २०७५ माघ २ गते मनाइएको २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस नारा के रहेको छ?

⇨ विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार

 

८. वि सं २०७५ माघ ६ गते सिफारिश गरिएका ५ संवैधानिक आयोगका अध्यक्षहरु को को हुन् ?

◾ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग⇨ बालानन्द पौडेल

◾ राष्ट्रिय समावेशी आयोग⇨ शान्तराज सुवेदी

◾ मधेशी आयोग⇨ डा. विजयकुमार दत्त

◾ थारु आयोग⇨ विष्णुप्रसाद चौधरी

◾ मुस्लिम आयोग⇨ समिम अन्सारी

 

९. विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम भएका जापानका “मसाजु नोनाका”को निधन कहिले भयो ?

⇨सन् २०१९ जनवरी २० [११३ वर्ष १६० दिन ]

 

१०. “बन्दी आ चन्द्रागिरी” नामक कृतिका लेखक को हुन्?

⇨कृष्ण सेन ‘इच्छुक’

 

११. अन्तराष्ट्रिय क्रिकेट काउन्सिल [ICC] अवार्ड – 2018 का विजेताहरू-

◾ ODI/Test/Cricketer of the year

⇨ विराट कोहली, भारत

◾ ICC Emerging player of the year

⇨ रिसभ पन्त, भारत

◾ T–20 Performance of the year

⇨एरोन फिन्च, अस्ट्रेलिया

◾ Spirit of Cricket award

⇨केन विलियमसन, न्युजील्याण्ड

◾ Associate player of the year

⇨ कालम  म्याक्लयड, स्कटल्याण्ड

◾ Umpire of the year– 2018

⇨ कुमार धर्मसेना, श्रीलंका

 

१२. स्थापनाको १२८ वर्षपछि वीर अस्पतालमा पहिलोपटक इमर्जेन्सी नर्सिङ सेवाको सुरु कहिलेदेखि भएको हो ?

⇨२०७५ माघ ६

 

१३. मदन पुरस्कार प्राप्त गर्ने पहिलो नाट्य कृति “बैकुण्ठ एक्सप्रेस” का लेखक तथा साहित्यकार मोहनराज शर्माको निधन कहिले  भयो?

⇨ २०७५ माघ १० गते

 

१४. मलेसियाका नयाँ राजामा कसलाई चयन गरिएको छ ?

⇨ सुल्तान अब्दुल्लाह अफ पेहाङ [2019 जनवरी 24 मा]

 

१५. राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रतिनिधि सभाबाट बहुमतले कहिले पारित भयो ?

⇨ २०७५ माघ ११ गते।

 

१६. चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको कहिले निधन भएको हो?
⇨ वि.सं. २०७५ पुस १३

 

१७. चितवनको सौराहामा सम्पन्न पन्ध्रौं हात्ती महोत्सवमा प्रथम स्थान ओगट्न सफल हात्तीको नाम के हो ?
⇨ बिजुलीकली

 

१८. चन्द्रमाको सबैभन्दा सुदुर भागमा पहिलोपटक चिनिया यान कहिले अवतरण गर्यो ?
⇨ सन् २०१९ जनवरी ३ [Change-4 नामक यान]

 

१९. वि. सं. २०७५ पुस १६-१७ मा सिन्धुपाल्चोक को गुफाडाडामा आयोजना गरिएको प्रथम राष्ट्रिय जलवायु सम्मेलनका १० बुँदे घोषणापत्रलाई के नाम दिइएको छ ?
⇨ "साझा सिन्धु"

 

२०. जापानको सहकार्यमा २०७६ वैशाखमा नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गरिएको छ, उक्त भू उपग्रहको नाम के हो ?
⇨नेपालीस्याट-१ [Birds-3 मिसन]