इटहरीः इटहरी उपमहानगरपालिकाका मेयरले पत्रकार विराट अनुपमलाई बारम्बार धम्की दिइरहेका छन् ।

आज दिउँसो १ बजेको समयमा फोन गरेरै  उनले ‘तेरो नाकको हड्डी भाँचिदिन्छु र त्यसको लागि मान्छे पारिचालन गरिसकेको छु’ भन्दै धम्की दिएका थिए ।

त्यसको करीब ५ घण्टापछि उनै अनुपमलाई फोन गरी चौधरीले आफ्नो सुरक्षा गर्न आग्रह गरेका हुन् । आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता ‘डिक्टेट’ स्वभावको हुने बताएका छन् । ६ मिनेट लामो कुराकानीमा उनले आफूले ‘सुपारी’ दिइसकेकाले सुरक्षित हुनू भन्दै सचेत गराएका हुन् ।

‘सक्छौ भने आफ्नो सुरक्षा गर । सुपारी दिइसकेको छु,’ उनले भनेका छन्, ‘मेरो सामाजिक मर्यादा र राजनीतिक करियरको क्षतिपूर्ति कसले दिन्छ ? म र केपी ओलीलाई यो देशमा कसैले कारबाही गर्नु एउटै हो । अब तिमीलाई माफ गर्दिनँ म । यस्ता पत्रुकारको कुरा म जान्दछु । तिमी आफ्नो सुरक्षा गर । अहिले आफू नेपालगञ्जमा छु सक्छौ भने आएर देखाउ भाइ ।’