विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदनमा प्रश्न गरेको छ, ‘सत्तारुढ दल नेकपाका कार्यकर्तालाई मान्छे मार्न छुट दिइएको छ ?’ इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले पत्रकारलाई ज्यान लिने गरी कसैलाई सुपारी दिएको र सञ्चारमाध्यममा समेत सार्वजनिक रुपमा पत्रकारिता पेशाप्रति नै चुनौती दिने गरि दिएका अभिव्यक्तिबारे सरकार र दल चुइक्क नबोल्नुले यो पुष्टि भएको टिप्पणी गरेका हुन् ।
कार्कीले आज प्रदेश एक संसदको शुन्य समयमा बोल्दै सत्तारुढ दल भित्र जे गरे पनि हुन्छ भन्ने भवना विकास भइरहेको भन्दै खुलेआम मान्छे मार्छु काट्छुु भन्नेलाई त्यतिकै छाडिएकोप्रति आक्रोस व्यक्त गरे । विधिको शासन चलेको ठाउँमा दण्डहीनता मौलाइरहेको उनको सङ्केत थियो ।
आज मेयरलाई उनि सम्बद्ध पार्टीले चुपचाप लागेर समर्थन गरिरहँदा भोलीका दिनमा पनि अन्य अपराधीले आफु नेकपाको कार्यकर्ता हो भने के भन्ने भन्दै कार्कीले प्रश्न गरेका थिए ।