पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर २ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा एक व्यक्ति मृत फेला परेका छन् ।
सोमबार दिउँसो वनमा घाँसदाउरा गर्न जाने व्यक्तिहरुले वनमा दुर्गन्ध फैलिएको थाहा पाएपछि पहिल्याउँदै जाँदा सो क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेको जनाइएको छ ।
पहिचान खुल्न नसकेको उनको शरीर सडिएको अवस्थामा रहेको छ । वनक्षेत्रको पश्चिम भागमा सो शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख सुवास भट्टराईले बताए ।
मृत अवस्थामा फेला परेका ती व्यक्तिको अनुहार चिन्न नसकिने अवस्थामा रहेको र उनले लगाएको पेन्ट खोलिएको अवस्थामा रहेको पाइएको प्रहरीले जनाएको छ ।
सो शवको घटनास्थलको मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।