∆ सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?

– बैतडी

 

∆ नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?

– सेन्सस गोश्वारा

 

 ∆ नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?

– गोपाल वंश

 

 ∆ राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?

 – ३५ जिल्ला

 

 ∆ नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?

– २०६४ चैत्र २८

 

 ∆ लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?

 – अमात्य

danphe-8 1

∆ राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?

 – श्री ३ राणा प्रधानमन्त्रीको कार्यलय

 

 ∆ सिंहदरबारमा आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?

 -कीर्तिनिधी बिष्ट

 

 ∆ कसको हत्याको कारण कोतपर्ब भएको थियो ?

- गगनसिंह खवास

 

 ∆ नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?

- वि.स. २०६३ मंसिर ०५ गते

 

 ∆ नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?

 – वि.स. २००८ माघ २१ गते

 

∆ रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?

– नरेन्द्रदेव

 

 ∆ नेपालमा सर्बप्रथम चाँदीको मुद्रा कसले चलाएका हुन ?

 – महिन्द्र मल्ल

 

∆  नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?

 – वि.सं. २०३७ बैशाख २० गते

 

 ∆ गोपाल भन्नाले केलाई बुझाउछ ?

 – गाईपालक समुदायलाई

 

 ∆ गोपालहरुको राजधानी कहाँ थियो ?

– मातातिर्थ, काठमाडौ

 

∆ किराँतहरुको मुलथलो कहाँ हो ?

– पुर्वी पहाडको तामाकोशी र दुधकोशीको किनार

 

 ∆ किराँती राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ?

 -कौरवहरुको

 

 ∆ प्रथम सोमवंशी राजा को थिए ?

 -निमिष

 

 ∆ सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्य गरेका थिए ?

– गोदावरी, ललितपुर

 

 ∆ अन्तिम सोमवंशी राजा को हुन ?

– भाष्कर वर्मा

 

 ∆ लिच्छविहरु को थिए ?

– भारतको वैशालीबाट आएका सुर्यवंशी क्षेत्रीयहरु

 

∆ लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ?

– युपग्राम

 

∆ लिच्छविकालमा कुन लिपि प्रचलनमा थियो ?

– गुप्त लिपि

khagendra bimali