इटहरीः परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को २०७५ सालको नतिजा प्रकाशित गरेको छ ।

एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ जना परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा सहभागी थिए ।

आज प्रकाशित भएको परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

khagendra bimali