इटहरीः लामाे समय सफाइ क्षेत्रमा काम गरेर अलग्गै पहिचान बनाएकाे इटहरहीकाे बुल्क इलेभन क्लबले डेंगु संकमणबाट बच्न लामखुुट्टे धपाउने अाैषधी छिट्न थालेकाे छ । हिजाेदेखि शुरू भएकाे याे अभियानले निरन्तराता पाउने क्लबका अध्यक्ष पुर्ण राइले बताए ।

सामाजिक क्षेत्रमा सक्रिय युवाहरूकाे समुहले इटहरीका विभिन्न सामाजिक गतिविधिमा संलग्न छ । विशेष सफाइकाे क्षेत्रमा सक्रिय युवा समुहले नगर भित्र लामखुट्टेकाे प्रकाेप कम गर्न अाैषधी छिट्ने कार्यलाइ निरन्तरता दिन लागेकाे हाे ।

अाैषाधी छर्किने मेसिन धरान स्थित १८ नम्बर वडाका अध्यक्ष प्रविण राइकाे विशेष सहयाेगार्थ बिहिवार ल्याइ इटहरीकाे मुख्य चाैक र अासपासका घना क्षेत्रमा अाैषधी छिटिएकाे छ । 

महिना दिन अघि देखि धरानमा डेंगुकाे संकम्रणले ६ जना बढि विरामीपरेका थिए । यसले छिमेकी नगरमा पनि प्रकाेप निम्त्याउन सक्छ भन्ने ठानेर इटहरी नगरले पनि अाैषधी हान्ने काम गरेकाे छ । तर, स्थानीय तवरमा युवाहरू सक्रिय भएर गरिएकाे याे नाैलाे काम सबैले प्रशंसा गरेका छन् ।

क्लबका अध्यक्ष राइले यसलाइ हरेक तीन तीन दिनमा लामखुट्टेलाइ धपाउने गरि अाैषाधी छिट्ने जानकारी दिए । 'मच्डछ बढि हुने बेलासम्म हामी हाम्राे कामलाइ निरन्तरता दिने छाैँ' उनले भने 'याे मच्छड धपाउने मात्र कुरा हाेइन, राज्यप्रतिकाे दायित्व पनि हाे'

उनले राज्यले केहि गरेन भनेर गाली गर्ने समयमा अाफुले समाजका लागि सक्दाे सहयाेग गर्नुपर्ने तर्क गरे ।

khagendra bimali