फाइल तस्बिर

धनकुटाः बाढीले बगाएर ल्याएको दाउरा भेला पार्ने क्रममा आज बिहान अरुण नदीले बगाउँदा धनकुटाको महालक्ष्मी नगरपालिका–४ सिकरकटेरीका १ जना बेपत्ता भएका छन् ।

चानुवा प्रहरी चौकीका असई श्याम कार्कीका अनुसार दाउरा सङ्कलन गर्ने क्रममा ५२ वर्षीय मानबहादुर योगी महालक्ष्मी– ४ बेलटारबाट बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार श्रीमतीसहित दाउरा सङ्कलनका लागि गएका उनलाई बिहान ९ बजे बाढीले बगाएको थियो ।