इटहरीः धरानकी सक्रिय पत्रकार मनिता चाम्लिङको अध्यक्षतामा १३ सदस्यीय क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) सुनसरीको नयाँ कार्यसमिति चयन भएको छ ।

धरानमा शुक्रबार भएको तेस्रो अधिवेशनले समितिको उपाध्यक्षमा सुभद्रा प्याकुरेल, सचिवमा सुमित्रा राई (सञ्जु), सह–सचिवमा बिमला तिमल्सिना, कोषाध्यक्षमा अनिता रसाइलीलाई चयन गरेको छ । यसैगरी, समितिको सदस्यमा मौसमी कार्की, देविका चाम्लिङ, रश्मी प्रधान, रोमा रिजाल, जमुना श्रेष्ठ, लक्ष्मी नेम्वाङ (कार्की) चयन भएका छन् ।

डब्लुडब्लुजेको १ नम्बर प्रदेश अध्यक्ष गंगा पौडेल बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चारकर्मीद्वय सबिता राई र सुनिता केसी राईलाई सम्मान गरिएको थियो । संस्थामा रहँदा उनीहरूले गरेको योगदानस्वरूप सम्मान गरिएको जनाइएको छ ।

65069911_113342193280246_9098762099156320256_n