# पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृति मानिन्छ ?
–किराँत
# काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ?
–मञ्जुश्रीले
# मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ?
–ने मुनीले
# गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ?
–यक्ष गुप्त
# गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ?
–५२१ वर्ष
# किराँतकालका अन्तिम राजा कसलाई मानिन्छ ?
–गस्ती
# लिच्छविकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ?
–द्रङ
# लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाई कुलको गौरव दर्शाउने राजा को हुन् ?
–शिवदेव प्रथम
# नेपालका प्रथम लिच्छवि राजा को थिए ?
–जयदेव प्रथम
# मानदेवको छोराको नाम के हो ?
–महिदेव
# लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ?
–४१ वर्ष (वि.सं.५२१देखि ५६२ सम्म)
# लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
–चारभाट
# लिच्छविकालमा शुद्र जातिलाई के भनिन्थ्यो ?
–चाण्डाल
# पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
–नरेन्द्रदेव
# नेपाली इतिहासको स्वर्णकाल कुन काललाई मानिन्छ ?
–लिच्छविकाललाई
# नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ?
–मानदेव
# नेपालमा अंशुवर्माले कति वर्ष शासन गरे ?
– १६ वर्ष, (वि.सं. ६६२–६७८ सम्म)
# लिच्छविकालमा कर तथा राजस्व उठाउने निकायलाई के भनिन्थ्यो ?
–कुथेर
# कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ?
–अंशुवर्मा
# शब्दविद्या ग्रन्थ कुन लिच्छवि राजाले लेखेका हुन् ?
–अंशुवर्मा
# श्री कलहाभिमानीको पद्वी धारण गर्ने राजा को हुन् ?
–अंशुवर्मा
# लिच्छवी कालमा कुन लिपिको प्रचलन थियो ?
–ब्राम्ही
# लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?
–अग्रहार