धरानः धरान जेसीजको पहिलो महिला समूहले बीपी कोइराला स्वास्थ्य विज्ञान धरानमा बिरामीहरूका लागि बस्ने बेन्च प्रदान गरेको छ । प्रतिष्ठानको हाडजोर्नी विभागको ओपीडी कक्षमा एक कार्यक्रम बीच ४ थान बेन्च प्रदान गरिएको हो ।
हाडजोर्नी विभागको ओपीडी कक्षमा बिरामीहरूको चाप अत्यधिक भएको र बस्ने स्थानको कमी भएको महसुस गरी स्व. अन्जु ताम्राकारको स्मृतिमा बेन्च प्रदान गरिएको प्रथम महिला समूहकी संस्थापक अध्यक्ष रेवा श्रेष्ठले बताइन् ।
अञ्जु ताम्राकार पूर्व प्रथम महिला समूहकी सदस्य तथा पूर्व अध्यक्ष अशोक ताम्राकारकी धर्मपत्नी हुन् । उनको केही वर्ष अघि तमोर नदीले बगाएर मृत्यु भएको थियो ।
बीपी अस्पतालका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले प्रथम महिला समूहले गरेको अनुकरणीय पुण्य कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा धरान जेसीजका अध्यक्ष, पूर्व अध्यक्ष, पूर्व प्रथम महिलाहरू, बीपी अस्पतालका डाक्टरहरू उपस्थित थिए ।