पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकाको पश्चिमी सिमानामा पर्ने डाँस खोला तटबन्धनको थालनी गरिएको छ । तटबन्धपछि वडा नम्वर १० त्रिवेणी चोक क्षेत्रमा कटान रोकिने स्थानीय बताउँछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागले नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजना अन्तर्गत सो तटबन्धन कार्य गरिएको उपभोक्ता समितिका अध्यक्ष अर्जुनबहादुर भट्टराईले बताए ।
प्रदेशसभा सदस्य कृष्णकुमारी राई, संविधानसभा सदस्य चण्डीप्रसाद राई, नेकपाकी नेतृ गीता तिम्सिनालगायतले आइतबार तटबन्धको शिलान्यास गरेका ह्ुन् । १ सय २० मिटर लम्बाइमा बाँधसहित ३ मिटर लजिङ र ३ मिटर स्लाभसहित खोलालाई नियन्त्रण गरिने स्थानीय प्रेम ढकालले बताए ।