इनरुवाः सुनसरीको सीमावर्ती क्षेत्रमा बढी मात्रामा बाल विवाहका घटना हुने गरेकाले सोसम्बन्धी सचेतनामूलक तालीम दिइएको छ ।

किशोरीलाई तालीम दिइएको आयोजक ‘प्रयास नेपाल’ देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीका अध्यक्ष रामसुन्दर मेहताले बताए । देवनागञ्जका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले सचेतनाको माध्यमबाट सचेत पार्ने र बालविवाह रोक्ने तथा दाइजो प्रथा कम गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक कमल बजगाईले नेपालको तराई क्षेत्रमा व्याप्त रहेको बलविवाह र दाइजो प्रथा न्यूनीकरणमा चेतनाको अभाव रहेको बताए । देवानगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष सूर्यनारायाण पालले २१ औँ शताब्दीमा पनि कायम रहेका कुप्रथा तथा अन्धविश्वासी परम्परा हटाउन तालीमको आवश्यकता रहेको बताए ।

प्रयास नेपालका अध्यक्ष रामसुन्दर मेहताले सामाजिक विकृतिले समाजमा नकरात्मक असर परेकाले तालीमको आयोजना गरेको बताए । कार्यक्रममा सहभागी किशोरीहरूलाई नेपालको वर्तमान संविधान २०७२ मा रहेको समानताको हकको बारेमा पनि जानकारी दिइएको उनले बताए । तालीममा ५० जना सहभागी रहेको आयोजकले जनाएको छ ।