# सर्वप्रथम महाराजधिराजको पदवी धारण गर्ने राजा को हुन् ?
–अंशुवर्मा
# वैशाली हाल कहाँ पर्दछ ?
–भारत बिहारको मुजफ्फरपुर जिल्ला
# लिच्छवि कालमा राजकीय भाषा के थियो ?
–संस्कृत
# युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ?
–अंशुवर्मा
# अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ?
–भोटका राजा स्रङचङ गम्पोसँग
# राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ?
–३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)
# कुन राजाको पदवी “महाराजधिराज परमभट्टारक” थियो ?
–नरेन्द्रदेव
# लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ?
–महावलाध्यक्ष
# लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
–महासामन्त
# लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ?
–हाँडीगाउँ
# किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ?
–विषय
# नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ?
–मानदेवलाई
# मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ?
–मानांक
# मानगृह कसले बनाउन लगाएका हुन् ?
–मानदेवले
# प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ?
–मानदेव
# मल्लकालका प्रथम राजा को हुन् ?
–अरिदेव मल्ल
# काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ?
–गण्डकी पारी
# कन्तिपुरका संस्थापक राजा को हुन् ?
–गुणकामदेव
# इन्द्रजात्रा कहिले मनाइन्छ ?
– आश्विन शुक्ल पञ्चमीका दिन
# इन्द्रजात्राको चलन कसले चलाएका हुन् ?
–गुणकामदेव
# गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ?
–गुणाङ्क
# विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ?
–गुणकामदेव
# हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो ?
–गुणकामदेव
# मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ?
–सन् ११९७ देखि
# कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ?
–लक्ष्मी नरसिंह मल्ल
# कुन राजाको शासनकालमा काष्ठमण्डपको निर्माण भएको हो?
–लक्ष्मी नरसिंह मल्ल
# एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ?
–विषेत
# काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ?
–प्यागोडा
# काष्ठमण्डपको अर्को नाम के हो ?
–मरु सत्तल
# सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ?
–शिवसिंह मल्ल
# “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ?
–काजी भीम मल्लकी रानीले सति जानेबेलामा
# सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ?
–प्रताप मल्ल
# कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ?
–प्रताप मल्ल
# रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ?
–प्रताप मल्ल
# छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ?
–वि.सं. १७२७
# वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ?
–प्रताप मल्ल