बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा घरको बरण्डाबाट लडेर १ जनाको मृत्यु भएको छ ।
६० वर्षीय शुकदेव चौधरी आइतबार राति ११ बजे टाँडे घरको बरण्डाबाट लडेर घाइते भएका थिए । शौचालय जाने क्रममा उनी लडेका उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।
उनी नेकपाका स्थानीय नेता समेत हुन् । उनको आजै केशलिया खोलामा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।