# नेपालमा सर्वप्रथम कर्मचारीको हड्ताल कहिले प्रारम्भ भएको हो ?
–वि.सं. २००९ जेठ १९
# सिंहदरबारबाट नेपालमा रेडियो प्रसारण कार्य कहिलेदेखि सुरु भएको थियो ?
–वि.सं. २००७ चैत २०
# नेपालमा जनमतसंग्रहको घोषणा कहिले गरिएको थियो ?
– वि.स. २०३६ जेठ १०
# जनआन्दोलन २०४६ सालपछिको पहिलो निर्वाचित मन्त्रिमण्डलको गठन कहिले भयो ?
–२०४८ जेठ १५
# जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटी दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ?
–तेजारथ अड्डा
# बौलाहा राजा भनेर कसलाई चिनिन्छ ?
–लक्ष्मीनर सिंह मल्ल
# लिच्छविकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो ?
–वृत्ति अधिकरण
# लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
–महासामन्त
# आफूलाई टक, मुद्रा आदिमा सङ्गीत पारङ्गत भनी लेख्ने राजा को हुन् ?
–जितामित्र मल्ल
# पृथ्वीनारायण शाहको पहिलो विवाह कहाँ भएको थियो ?
–मकवानपुर
# देव शमशेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेदेखि बन्द भयो ?
–२०४५ बैशाख १
# “मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको डमरु हुँ” यो भनाई कसको हो ?
–अमरसिंह थापा
# भीमसेन थापाको जन्म भएको स्थान कहाँ हो ?
–गोर्खाको बोर्लाङ
# भक्ति थापा कुन युद्धसँग सम्बन्धित् छन् ?
– देउथल
# तनहुँ राज्यका संस्थापक राजा को हुन् ?
–भृगु सेन
# कोशी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने महावीर शमशेर हुन् भने गण्डक सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
–सुवर्ण शमशेर
# वि.सं. १९९० सालको भूकम्पमा परी कति व्यक्तिको मृत्यु भयो ?
–१६,८७५ जना
# सदर चिडियाखानाको स्थापना कहिले भएको हो ?
–वि.सं. १९९८
# नेपालको सबैभन्दा पुरानो नहर कुन हो ?
–चन्द्र नहर (सप्तरी)
# पशुपतिनाथको अगाडिको बसाहा कसले बनाएको हो ?
–जगतजंग राणा
# नेपालको इतिहासमा राजगद्दीमा बस्ने प्रथम नारी शासक को हुन् ?
–नायकदेवी
# पृथ्वीनारायण शाहकी आमा कौशल्यावती कुन राज्यकी राजकुमारी थिइन् ?
–पाल्पा
# कुन राजाको पालामा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएको थियो ?
–गिर्वाणयुद्ध विक्रम शाह
# माथवरसिंह थापालाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाइएपछि राजाबाट प्रदान गरिएको पदवी के थियो ?
–कलाबहादुर
# जंगबहादुर राणाका मातापिता को को हुन् ?
–बालनरसिंह कुँवर र रक्षाकुमारी
# नेपालमा चर्खा प्रचार गरी स्वदेशी भावना जगाउन प्रयास व्यक्ति को थिए ?
–तुलसी मेहर श्रेष्ठ
# जङ्गबहादुर राणाको पालामा स्थापित भ्रष्टाचारसम्बन्धी हेर्ने अड्डालाई के भनिन्थ्यो ?
– धर्मकचहरी
# लिच्छवि कालमा पञ्चखतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
– पाञ्चाली
# सुगौली सन्धि कहिले भएको थियो ?
– ३ मार्च १८१६
# नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लियो ?
–सन् १९६४ टोकियो ओलम्पिक देखि