विराटनगरः प्रदेश एक सरकारका प्रवक्ता तथा अान्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कार्कीले कार्यवहाक मुख्यमन्त्रीकाे जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री शेरधन राइ अमेरीका भ्रमणका लागि अाज काठमाण्डाै प्रस्थानगरेसँगै राइकाे जिम्मेवारी कार्कीले पाएका हुन् ।
अाज प्रदेश प्रमुख प्रा.डा. गाेविन्द बहादुर तुम्वाहाङले एक पत्रमार्फत मुख्यमन्त्री राइकाे दैनीक प्रशासनिक कार्य वहाँ नअाउन्जेल सम्हाल्ने गरी जिम्मेवारी दिइएकाे जानकारी गराइएकाे छ ।
राइ अमेरीकामा रहेका नेपालीभाषीकाे कार्यक्रममा सहभागी हुन अमेरीका जाने कार्यक्रम यस अघिकाे मन्त्रीपरिषद बैठकले स्वीकृत गरेकाे थियाे ।
राइ असार २५ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।