बेलबारीः मोरङको विराटनगरमा एक महिलाले बाटैमा बच्चा जन्माएकी छिन् । सुत्केरी हुँदा आवश्यक पर्ने कपडा किन्न भारतको जोगबनी बजार जाने क्रममा विराटनगर बसपार्कमा पुगेपछि उनले बच्चा जन्माएकी हुन् ।

इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीया सालु सरदार विराटनगर बसपार्क पुगेपछि उनलाई प्रसव पीडाले च्यापेको थियो । त्यस क्रममा उनले बसपार्कमै शिशु जन्माएको सुनेपछि स्थानीय बासिन्दा भेला भर्ई सहयोग गरेका थिए ।

त्यसपछि कसैले उनलाई तन्ना दिएर सहयोग गरे । कसैले झोलिलो र तातो खानेकुरा खान दिए । उनलाई नवजात शिशुसहित विराटनगर–११ जनपथकी सन्तोषी श्रेष्ठले प्रहरीसँग समन्वय गर्दै आफ्नो बा १६ च ३६७९ नम्बरको कारमा राखेर उद्धार गर्दै उपचारका लागि कोशी अञ्चल अस्पताल पु¥याइन् । प्रसव पीडाले छटपटाइरहेकी महिला सडकमै सुत्केरी भएपछि उद्धार गरेर अस्पताल पु¥याइएको श्रेष्ठको भनाइ छ ।

सालुका पहिलो सन्तान १२ वर्षका छोरा छन् । २ महिना अघि श्रीमान् ४० वर्षीय राजकुमारको अचानक मृत्यु भएपछि घरमा १२ वर्षीय छोरा र उनी मात्रै थिए । पारिवारिक आर्थिक अवस्था एकदम नै कमजोर रहेको र श्रीमान्को पनि मृत्यु भएपछि थप समस्यामा परेको सालुले बताइन् । उनले गर्भवती भएपछि अहिलेसम्म स्वास्थ्य परीक्षण नगरेको बताइन् ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले खुला ठाउँमा महिला सुत्केरी भएको सूचना प्राप्त भएपछि स्थानीयसँग समन्वय गर्दै सुत्केरी र नवजात शिशुलाई उद्धार गरी प्रहरीले पनि सहयोग गरेको बताए ।

अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले सुत्केरी आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । सालुले २ केजी ७ सय ग्रामको बच्चा जन्माएकी थिइन् ।