पथरीः पथरीशनिश्चरे नगरपालिकाले रिक्त रहेकोहेल्थ असिस्टेन्ट÷ अहेब, स्टाफ नर्स÷अनमी र कार्यालय सहयोगीको पदपूर्तिका लागि गत जेठ २८ गते कर्मचारी आवश्यकतासम्बन्धी विज्ञापन सार्वजनिक गरेको थियो ।

कार्यालयले माग गरेका ती पदमा आवेदन दिने व्यक्तिको लागि असार १५ गते मौखिक अन्तर्वार्ता हुने भनी असार ११ गते सूचना प्रकाशित गरेको थियो । तर सम्बन्धित पक्षले पक्षपात गरेर परीक्षार्थीहरूलाई बोलाएको भन्दै स्वास्थ्य कार्यालयमै विवाद भएपछि स्वास्थ्य शाखाभित्रको मनोमानी बाहिर आएको छ ।

तर फर्म भर्ने केही परीक्षार्थीले परीक्षाको पूर्व सूचनाबिना नै असार १५ गते परीक्षा गर्न लागेको भनी विवाद गरेपछि सो परीक्षा स्थगित भएको छ । परीक्षा हुनुभन्दा आधा घण्टा अगाडि फोनमार्फत् जानकारी पाएको परीक्षार्थीको भनाइ छ ।

वडा नं. १० का वडाध्यक्ष सागर राईले समाजिक सञ्जालमा पोष्ट गरेको सूचनाको आधारमा परीक्षासम्बन्धी जानकारी पाएको केही परीक्षार्थीले बताए । नगरपालिकाले प्रति आवेदक ५ सय रुपैयाँ शुल्क लिएर फारम भराएको थियो ।

स्वास्थ्य शाखाकै कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा कर्मचारी भर्ना गर्न खोजेपछि आफुले त्यसको खुलेर विरोध गरेको वडा नम्बर १० का वडाध्यक्ष सागर राई बताउँछन् ।

pathari swasthya bibad