विराटनगरः लायन्स क्लब विराटनगर युनिकले नयाँ कार्यसमितिको पदस्थापनको अवसर पारेर ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन गराएको छ ।
हाम्रो ज्येष्ठ नागरिक हातेमालो समाजमा रहेका ८५ जना ज्येष्ठ नागरिकलाइ खीर, पुरी, जेरी तथा तरकारी खुवाइएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । लायन्स क्लब युनिकका सदस्य रमेश राउतले आफूले प्रत्येक महिनाको ११ गते ज्येष्ठ नागरिक हातेमाले समाजका सदस्यलाई चिया बिस्कुट खुवाउने घोषणा गरेका थिए ।