पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकामा लायन्स क्लब अफ योङ हार्टको वर्ष २०१९÷२० का लागि पथरीका युवा व्यावसायी राजेन्द्र बस्नेत अध्यक्षमा चयन भएका छन् ।

मङ्गलबार गठित नयाँ कार्यसमितिले आफ्नो कार्यभार सम्हालेकै दिन पथरीशनिश्चरे वडा नं. ७, लामाटोल निवासी शारीरिक अशक्त मानबहादुर लिम्बूलाई ह्वील चेयर प्रदान गरेको छ ।

अध्यक्ष बस्नेतका अनुसार यसै महिनाभित्र पथरीमा रहेको धार्मिक स्थल भुल्के देवीमा भक्तजनका लागि आश्रमालय निर्माण गरिने भएको छ ।

lions young heart rajendra basnet