विराटचोकः रेडियो सारङ्गी र निगम मल्टिपल टे«निङ सेन्टर (एनएमटीसी) को संयुक्त आयोजनामा विराटचोकमा उद्घोषण तालीम शुरु भएको छ ।
१ सातासम्म चल्ने तालीमको पहिलो दिन रङ्गकर्मी तथा सञ्चारकर्मी सोनु जयन्तीले सहजीकरण गरेका थिए । एनएमटीसीका सञ्चालक लक्ष्मी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कोपिला घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् ।
दुर्गा गौतमले सञ्चालन गरेको सो कार्यक्रममा उद्घोषण तालीम आयोजना गर्नुको उद्देश्यको बारेमा परमात्मा ओझाले जानकारी दिएका थिए । डेढ दर्जन सहभागीले तालीम लिइरहेका छन् ।