#तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ?
–महेन्द्र मल्ल
#महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ?
–महिन्द्र मल्ली
#सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ?
–ललितपुरमा
#गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ?
–सिद्धिनरसिंह मल्ल
#सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ?
–कृष्णको
#कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ?
–सिद्धिनरसिंह मल्ल
#५५ झ्याले दरबार कसले बनाएका हुन् ?
–भुपतिन्द्र मल्ल
#भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ?
–भादगाउँ (भक्तपुर)
#भुपतिन्द्र मल्ल कसका छोरा थिए ?
–जितामित्र मल्ल
#पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ?
–यक्ष मल्ल
#यक्ष मल्ल कसका छोरा थिए ?
–ज्योती मल्ल
#नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ?
–यक्ष मल्ल
#काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ?
–यक्ष मल्ल
#जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ? –४३ वर्ष
#गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ?
–जयस्थिति मल्ल
#पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ?
–जयस्थिति मल्ल
#जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ?
–४ भागमा (अब्बल, दोयम, सीम र चाहार)
#रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ?
–जयस्थिति मल्ल
#राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ?
–३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)
#बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ?
–जयस्थिति मल्ल
#नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ?
–जयस्थिति मल्ल
#राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ?
–जयस्थिति मल्ल