इटहरीः रोटरी क्लब अफ इटहरीको नयाँ कार्यकाल शुरु भएको छ । हरेक वर्ष झैँ यस वर्ष पनि कार्यकालको पहिलो दिनमा वृक्षरोपण गरिएको क्लबले जनाएको छ ।

इटहरी– १७ स्थित जनजागृति स्कुलको प्राङ्गणमा विद्यालयका सञ्चालक, शिक्षक, विद्यार्थी तथा रोटरियनको सहभागितामा वृक्षरोपण गरिएको थियो । क्लबकी अध्यक्ष अनिता अधिकारीले पहिलो बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

बिरुवा रोप्नु मात्रै ठूलो कुरा नभएको भन्दै अधिकारीले विद्यालय परिसरमा रोपिएका बिरुवा हुर्काउने दायित्व विद्यालयको भएको बताइन् । विद्यालय परिसरमा ५१ ओटा बिरुवा रोपिएको क्लबले जनाएको छ ।

rotary brikshan ropan  (1)