धनकुटा: नेपाल विद्यार्थी सङ्घ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले मृगौला पीडित लाई ५१ हजार ५ सय रुपैया सहयोग गरेको छ । नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसर पारेर जोरपाटीस्थित मेडिकल कलेजमा उपचारत मिर्गौला रोगका पीडितलाई आर्थिक सहयोग गरेको हो।

नेविसंघ धनकुटा बहुमुखी क्याम्पस इकाई सभापति करुणा कटवालको समन्वयमा संकलन भएको उक्त रकम नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले हस्तान्तरण गरेका हुन् । सङ्घ भित्रै आपसमा संकलन गरेको ५२ हजार रुपैयाँ संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्पबहादुर खत्रीलाई सहयोग गरिएको हो । नेपाल विद्यार्थी सङ्घ सुख–दुःखमा साथ दिने संगठन भएकोले सहयोग गरिएको कटवालले बताइन् ।

यो एउटा सामान्य सहयोग मात्र रहेको र आगामी दिनमा यस्ता धेरै महत्वपूर्ण काम गर्दै जाने उनको भनाइ छ ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310