विराटनगर: नेपाल मुस्लिम संघ विराटनगर महानगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सरफरोस खानको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो ।
गठित समितिको उपाध्यक्ष आवदा खातुन ,सचिव रासिद अन्सारी ,सह सचिव महवुव अन्सारी ,कोषाध्यक्ष जफर एकवाल ,सहकोषाध्यक्ष तसिरा खातुन रहेका छन् । यस्तै सदस्यहरुमा मो.अलाउद्धिन खान ,हैदर अली,नेजामुद्धिन खान,मो.भलाम ,मो.सलाम अनसरी र गुलसन खातुन रहेका छन् । नवगठित समितिले शनिवार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्र्यो ।
४ वर्षे कार्यकाल रहेको समितिले मुस्लिम समाजका हकहित र सामाजिक कार्य गर्ने लक्ष्य राखेको कार्यक्रममा जानकारी दिइयो । उक्त कार्यक्रममा कांग्रेस नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना प्रदान गरे । कार्यक्रममा बोल्दै पराजुलीले नेपालका हरेक परिवर्तनमा मुस्लिम समुदायले पुर्र्याएको योगदानको चर्चा गरेका थिए । मुस्लिम समुदायका समस्या र आबश्यकताको पहिचान गरी काम गर्न समेत नवगठित समिति संग पराजुलीले आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य उद्धव कोइराला, नेपाल मुस्लिम संघ मोरङका उपाध्यक्ष अजाद आलम ,कांग्रेस वडा नं. ६ का बुथ सभापति बद्री थापा,नेपाली कांग्रेस महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने,युवा विद्यार्थी नेता कृष्ण कार्की लगायतले शुभकामना ब्यक्त गरेका थिए ।