इटहरीः आँखाका बिरामीहरूका लागि नेपाल नेत्रज्योति सङ्घको भूमिका महत्वपूर्ण रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।

नेपाल नेत्रज्योति सङ्घले मङ्गलबार आयोजना गरेको प्रदेश नं. १ को आँखा स्वास्थ्यको वर्तमान अवस्था र विकास बैठकको उकद्घान गर्दै उनले यस्तो बताएका हुन् । विराटनगर आँखा अस्पताल नेपालको मात्र नभएर एशिया महादेशमा पनि राम्रो आँखा अस्पतालको रूपमा चिनिएको उनको भनाइ थियो ।

सो आँखा अस्पतालको गरिमा कायम राख्न स्थानीय सरकार, प्रदेश सरकार, तथा सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनले बताए । कार्यक्रमका अध्यक्ष नेपाल नेत्रज्योति सङ्घ प्रदेश १ सदस्य समितिका संयोजक श्यामसुन्दर उदासले सङ्घको विगत, वर्तमान र भविष्यको उद्देश्यमुखी योजनाका बारेमा प्रकाश पारेका थिए ।

प्रदेश १ मा अहिले ४ ओटा आँखा अस्पताल र २१ ओटा आँखा उपचार केन्द्र रहेको र चाँडै नै उदयपुर जिल्लामा मदन भण्डारी आँखा अस्पताल स्थापना गर्नका लागि नेपाल सरकार, जापानी राजदूतावास र संसद विकास कोषबाट सहयोग आउने उनको भनाइ थियो ।

अहिले विराटनगर आँखा अस्पतालमा नेपालीभन्दा छिमेकी राष्ट्रका नागरिक बढी आउने गरेको अस्पतालको भनाइ छ । सो अस्पतालमा दिनमा ४ सय भन्दा बढी बिरामीहरूको अपरेसन हुने गरेको समेत उदासले बताए ।

netrajyoti  (2)