ताप्लेजुङः ताप्लेजुङ जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका ६ मा रहेको थुम्बेदिन स्वाथ्य चौकीमा पहिलोपटक प्रयोगशाला र प्रशुतिगृहको स्थापना भएको छ । बिहीबार दिउँसो गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बाले प्रयोगशाला र प्रशुतिगृहको उद्घाटन गरे ।

वडा अध्यक्ष दुर्गा प्रसाद थेवेको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन समारोहसँगै १६ लाख हाराहारी बजेटको प्रयोगशाला र प्रशुतिगुहको स्थापना भएको स्वाथ्य चौकी प्रमुख कृष्ण काफ्लेले बताए ।

काफ्लेका अनुसार प्रशुतिगृहको लागी आवश्यक करिब ९ लाख बराबरका सामानहरू वान हार्ट वल्डवाइड नामक मात्री तथा नवशिशुको क्षेत्रमा ताप्लेजुङमा लोकप्रिय संस्थाले गरेको हो ।

प्रसूतिको लागी आवश्यक प्राविधिक सहयोग गरेको वान हार्टले ७० हजारको आधुनिक बेड, हिटर, पेरि ल्याप्म, सक्सन मेसिन, रेफ्रिजेरेटर, जस्ता विभिन्न औषधि, उपकरण, औजार सहयोग दिएको काफ्लेले बताए ।

यस्तैगरि, ७ लाख बराबरको बजेट सहयोग गर्दै काठमाण्डौको नेपाल पुनर्बिमा कम्पनीले प्रयोगशालाको लागी सहयोग गरेको काफ्लेले बताए । उनका अनुसार थुम्बेदिनबासी महेश गुरगाँइ प्रमुख कार्यकारी अधिकृत भएको कम्पनीले व्यापारिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रयोगशालाको लागी प्राविधिक सहयोग गरेको हो ।

आगामी चरणमा थप सात लाखको प्रयोगशालाको सहयोग आउने आश्वासन कम्पनीले दिएको समेत काफ्लेले बताए ।  कार्यालय सहयोगी सहित २ अनमि, २ असेब र १ एचए कार्यरत स्वाथ्य चौकीमा एक जना दक्ष प्रशुतिकमि अनमी भएको काफ्लेले बताए । उनले भने, ‘हामीले आज औपचारिक उद्घाटनको १५ दिन अगाडिनै एक सफल प्रशुतिसेवा दिइसको छौँ । यहाँका स्थानीय आसमाया थेवेको छोरा यहीँको प्रशुतिसेवाबाट जन्मिएका थिए । 'अब गाउँमै हुन्छ डेलिभरी'’

व्यवस्थित प्रसूति सेवाको लागी थप एक जना अनमि र प्रयोगशालाको लागी एक जना ल्याब असिस्टेन्टको आवश्यकता भएको काफ्लेले बताए । उनले भने, ‘स्थानीय सरकारले करारमा यी दरबन्दीमा जनशक्ति थप्ने आवस्वासन दिएको छ ।’