इटहरीः भोजपुरमा निरन्तर वर्षासँगै आएको पहिलोले पुरेर एक बालकको ज्यान गएको छ । भोजपुरको पश्चिमी टेम्केमयूँङ गाउँपालिका वडा नं. ९ लेखर्कमा पहिरोले परिएर १२ वर्षका जनक बिकको मृत्यु भएको छ ।

बिहान करिब १० बजे शौचालय जाने क्रममा शौचालय बसेकै बेला बालकको मृत्यु भएको बताइएको छ । माथिबाट पहिरो आएर शौचालय सँगै बालक पनि पुरिएको गाउँपालिका अध्यक्ष ध्रुव राईले प्रदेश पोर्टललाई बताए ।