खोटाङः खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा बाघपच्याङमा आएको पहिरोले विष्णु राईको घर पुरिँदा उनकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका छन् ।

आज बिहान घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताए । भागेर ज्यान जोगाएका विष्णुको हात र खुट्टामा चोट लागेको र पहिरोमा हराइरहेका आमाछोराको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।