इटहरीः कोशी राजमार्गको इटहरी–विराटनगर खण्डको बुढी खोलाको पुल जोखिममा रहेको छ । बुढी खोलामा आएको बाढीले पुलको सुनसरी तर्फको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।

पुल जोखिममा परेपछि पुलमा खतराको सङ्केतस्वरुप रातो झण्डा राखेर एकतर्फी सवारी सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।