इटहरीः सङ्घीय सांसद सीताराम मेहताले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मेहताले इटहरीदेखि इनरुवासम्मका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।

‘जनताले निर्वाचित गराएपछि उनीहरूको आपतविपतमा गएन भने रिसाउँछन्’, उनले भने, ‘त्यसैले जनताको घरमा पुगेको हुँ ।’ जिम्मेवार सांसद भएको हुनाले पीडितको दुःख बुझ्दै हिँडेको उनले बताए । शुक्रबार दिउँसो ११ बजे इटहरी आएका उनले इटहरी उपमहानगरपालिकाको २, ३ र ४ नम्बर वडाको अवलोकन गरेका थिए ।

सांसद विकास कोषमा आउने बजेट बाढीबाट अति प्रभावित क्षेत्रमा लगानी गर्ने उनले बताए ।

mhta badhi prabhabitko anugaman samsad sitaram mehata  (1)