इटहरीः लामो समयदेखि अमेरिकामा रहेर साहित्य साधना गरिरहेकी कवि तथा गीतकार दीपा राई पुनको कहीँ चोट बोलको गीत सार्वजनिक भएको छ । ललितपुरको इन्ट्रन्स क्याफेमा एक कार्यक्रमका बिच वरिष्ठ कवि एवम प्राज्ञ मञ्जुलले गीतको भिडियो प्ले गरेर सार्वजनिक गरेका हुन् ।

गीतको म्युजिक भिडियो गीतकार दीपा राईको आफ्नै युट्युब च्यानलमार्फत वल्र्डवाइड सार्वजनिक गरिएको हो । गीतलाई सङ्गीतकार हरि लम्सालले सङ्गीत गरेका हुन । गीतमा गायक शिव परियारले स्वर भरेका छन् । गीतको फिमेल भर्सनमा निशा देशारको स्वर रहेको छ ।

नीराजन प्रधान र एलिसा राईको मुख्य फिचर भएको उत्त भिडियो खगेन्द्र पन्धाक लिम्बुले निर्देशन गरेका हुन् । ईनुमा राई र मनु थक्लुङ भिडियोको सहयोगी भूपिकामा छन् भने गीतको छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । गीत माथि कवि श्रवण मुकारुङ, विप्लव प्रतीक, गायक शिव परियार, सङ्गीतकार हरि लम्साल र वरिष्ठ कवि तुलसी दिवसले धारणा राखेका थिए ।

“सिर्जनाले जहिले पनि मानिसको आत्मा जोड्ने काम गर्छ भन्ने विश्वास लिन्छु म । यही विश्वासले आज तपाईँहरूसँग छु म ।” गीतकार दीपाले भनिन् –“गीत एउटा बहाना मात्रै हो, मेरो उद्देश्य भनेको तपाइहरू सबैसँग भेट गर्नु थियो । जो पुरा भएको छ । ”

dipa group