धरानः डेंगुबाट सङ्क्रमित १ जनाको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । धरान–१५ का ४० वर्षीय मनु सुनुवारको मृत्यु भएको हो ।
हिजो असार २७ गते २ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएका उनको उपचारको क्रममा हिजो शुक्रबार साँझ सवा ७ बजे निधन भएको अस्पतालले जनाएको छ ।