इटहरीः इटहरीमा रहेको मानव धर्म सेवा समितिले आउँदै गरेको गुरुपूर्णिमा तथा भानु जयन्तीको अवसर पारी शनिबार इटहरीमा सत्सङ समारोह आयोजना गरेको छ ।
समारोहको उद्घाटन कोशी अञ्चल क्षेत्रका प्रमुख महात्मा श्री अम्बिक वाइजीले गरेका थिए । सत्सङ समारोहको अवसर पारी बाल नृत्य, भजन, गायन, कविता वाचन तथा संस्थामा आबद्ध भई एसईई दिएर बसेका छात्रछात्रालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
त्यस्तै, गरीब तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गरिएको थियो ।