धरानः रेडमुन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको स्टेट १ सिङ्गिङ आइडलको अन्तिम अडिसन शनिबार सम्पन्न भएको छ । धरानको फ्रेन्डस् गार्डेनमा भएको अडिसनबाट ४६ जना दोस्रो ओपन राउण्डमा प्रवेश गरेका छन् । कार्यक्रमका निर्णायकमा प्राज्ञ राम धामी, गायिका सुनिता लिम्बू र विनायक राई रहेका थिए ।

अडिसनमा धरान आसपासका तथा यसअघि प्रदेश १ को विभिन्न स्थानहरूमा भएको अडिसनमा छुटेका १ सय २ जना प्रतियोगीहरू सहभागी भएका थिए ।

धरान अडिसनबाट अनुसा राई, निमेश भट्टराई, डम्बर बिक, सपन श्रेष्ठ, जितेन दुमी राई, समीर राई, आनन्द राई, एलन लिम्बू, मिलन राई र उजब तामाङ छानिएका छन् ।

त्यस्तै, नारद परियार, सरला राई, सञ्जीव राई, सुदेश राई, अन्जिला राई, मनिरा जबिक, अनुजा राई, अजय राई, पञ्चमिला लिम्बू, सजना सरगम राई, कुसुम राई, समीर महतो, सम्युल बस्नेत, नरेन्द्र ढुङ्गेल र रेनुका पोखरेल पनि अघिल्लो चरणका लागि छनोट भएका छन् ।

अमिसा पुरी, निङ्वा माबोहाङ, पनिका राई, अर्जुन राई, बिनु राई, महेन्द्र राई, नवीन दर्नाल, सन्तोष राई, अमित राई, अतुल खवास, उत्तम लावती, गोपाल राई, सिर्जना राई, सुकपाल बिक, यशोदा कटुवाल, विवेश मोते, अर्पना चाम्लिङ राई, प्रिया तामाङ, विवेक घतानी, कैलाश अधिकारी र गोमा कुलुङ पनि छनोटमा परेका छन् ।

धरानसहित यसअघि प्रदेश १ का ९ ओटा स्थानमा भएको अडिसनबाट छनोट भएका १ सय ६ जना गरी जम्मा १ सय ५२ जना दोस्रो ओपन राउण्डमा भिड्ने रेडमुनका अध्यक्ष रोशन प्रधानले जानकारी गराए ।

ओपन राउण्डबाट बढीमा ६० जना प्रतियोगी तेस्रो रिदम राउण्डका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनलमा जम्मा १० जना प्रतियोगी पुग्नेछन् । फाइनल खेल भदौ २८ गते धरानको सभागृहमा हुने आयोजकले जनाएको छ ।

state idol  (3) state idol  (4) state idol  (5) state idol  (7) state idol  (9)