धरानः धरान–१३ स्थित सुनगाभा बोर्डिङ स्कुलमा लागूऔषध दुव्र्यसनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय धरानको आयोजनामा सचेतना कार्यक्रम भएको हो । सो कार्यालयका डीएसपी ढुण्डीराज न्यौपानेले विद्यार्थीलाई लागूऔषधको असरको बारेमा जानकारी गराएका थिए ।

दुव्र्यसनमा मानिस कसरी फस्छन् तथा यसको कुलतबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा उनले विद्यार्थीलाई जानकारी दिएका थिए ।

त्यस्तै, महिला हिंसा तथा बालबालिकामाथि हुने अपराधका बारेमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का ५० जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रिन्सिपल सागर अधिकारीले बताए ।