बेलबारीः नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय समिति बेलबारीले एसईई पास गरेर उच्च शिक्षा पढ्ने ३४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।एक कार्यक्रमको आयोजना गरी सोमबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा १५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको आदिवासी जनजाति महासङ्घ बेलबारीका अध्यक्ष तिलक राईले बताए । नगरभित्र रहेका १७ जातिका २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।

खर्च अभाव भएकै कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न वञ्चितनहोऊन्भनेर सहयोग गरेको राईले बताए ।‘हामीले विद्यार्थीलाई पैसा दिएका छैनाँै’, उनले भने,‘उनीहरू पढ्ने विद्यालयलाई दिएका छौँ ।’गरीब तथा एसईई परीक्षामा धेरै अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सहयोग गरिएको आदिवासीजनजाति महासङ्घले जनाएको छ ।

विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगरपालिकाले नै प्राविधिक शिक्षामा जोड दिएको बताए । उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रष्ठिानसँगको सहकार्यमा पढाइरहेको र सो प्रष्ठिानमा कोषको स्थपना गरिएको उनले बताए ।

chhatrabritti  (1) chhatrabritti  (2) chhatrabritti  (3) chhatrabritti  (4)